अमेरीकामा आप्रवासीहरुमाथि कडा कदम चालेर ट्रम्प प्रशासनले चेतावनी दिईरहेका बेला एक युवाले भारतीय ईन्जिजियरमाथि गोली प्रहार गरी हत्या गरेका छन् ।
आक्रमणकारीले कन्सासमा मेरो देश छोडेर जा भन्दै गोली हानेको प्रत्यक्षदर्शीले बताएका छन् । अस्टिन बार एण्ड ग्रिलमा ती ईन्जिनियर श्रीनिवास कुचिलभोतला ले काम गर्दै आएका थिए ।
एडम पुरिन्टन नामका ती अमेरीकी पूर्व नेवी कर्मचारीले रक्सीले मातेका बेला मेरो देश छाड् भन्दा भन्दै गोली चलाएका थिए । घटनामा अन्य दुई जना घाईते समेत भएका छन् ।
पुरिन्टनलाई अहिले प्रहरीले हिरासतमा लिएको छ । अमेरीकामा आप्रवासीहरुमाथि प्रशासनबाट पनि कडाई भईरहेका बेला स्थानीय तहमा समेत असुरक्षा र आक्रमण बढ्न थालेको छ ।