अमेरिकामा एक नेपालीले चलाएको गोली लागेर अर्का नेपालीको मृत्यु भएको छ। अमरिकाको ओहोयोस्थित कोलोम्बसमा बुधबार बिहान गोली लागेर ३२ वर्षिया मदन थापाको मृत्यु भएको हो। प्रहरीले गोली लागेको अवस्थामा थापालाई मेदोडिस्ट अस्पताल पुराएकोमा उपचारका क्रममा थापाको ज्यान गएको आहोयाका स्थानिय संचारमाध्यमहरुले जनाएका छन् ।
प्रहरीले बन्दुक चलाएको अभियोगमा २५ वर्षिय लोकनाथ आचार्यलाई पक्राउ गरेको छ । उनलाई लार्पावाही हत्याको अभियोग लगाइएको छ । अदालतको दस्तावेज अनुसार आचार्यले स्टोरकेा बाथरुमबाट बन्दुक लिएर पिकअप टक चलाउदै गरेका थापा माथि बन्दुक चलाएको आरोप छ । घटना के कसरी भयो भन्ने बारेमा केही खुलेको छैन । आचार्यलाई फ्रेकलिन काउन्टी जेलमा राखिएको छ । आचार्यले गाडी दुर्घटनामा परेपछि गल्तीले थापालाई गोली चलाएको अदालतको दस्तावेजमा बताएका छन् ।