काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले आफूहरु भ्रष्टाचार भएको हेर्न नसक्ने बताउदै भ्रस्टाचार गर्न खोज्नेको सुचना दिन आफ्नो सम्पर्क नम्बर दिएका छन् । गएराती सामाजिक संजाल फेसबुकमा एक स्टाटस राख्दै मेयर बालेनले आफूहरुको अधिकार क्षेत्र काठमाडौं महानगरपालिका कार्यालयमा कुनै पनि कर्मचारीले कुनै पनि प्रकारमा पैसा मागेमा प्रमाणसहित आफूहरुलार्ई अडियो र भिडिओसहित सम्पर्क गर्न भनेका छन् ।
उनले आफूले मात्र चलाउने ९८६३५९२०११ नम्बरको मोबाइललाई सार्वजनिक गर्दै भ्रस्टाचार र अनियमितताको प्रमाण यही नम्बरको ह्वाट्स एपमा पठाउन सम्बन्धित सबैलाई अनुरोध पनि गरेका छन्। उनले भ्रस्टाचार र अनियमितता बारे सुचना दिने व्यक्तिको नाम गोप्य राख्ने बचन पनि दिएका छन्।
उनले फेशबुकमा लेखेका छन्-
हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौ , हाम्रो अधिकार क्षेत्र काठमाडौ महानगर पालिका कार्यालयमा कुनै नि कर्मचारीले कुनै पनि प्रकारमा पैसा मागेमा प्रमाण सहित हामीलाई सम्पर्क गर्नु होला भिडियो अडियो सहित । कसैले बिना प्रमाण यस्ले यति भ्रस्टाचार गर्यो भनेर आरोप लगाउनु भन्दा पनि प्रमाण जुटाउनु होला ।
हामी लाई 9863592011 मा whatsapp मा प्रमाण सहित सम्पर्क गर्न सक्नु हुनेछ । यो मोबाइल मैले मात्र बोक्ने भएको हुनाले पठाउने को नाम गोप्य राखिनेछ ।