झापामा जातीय पहिचान पक्षधर आन्दोलनकारीलाई प्रहरीले गोली हान्यो, दुई जना घाइते

झापामा जातीय पहिचान पक्षधर आन्दोलनकारीलाई प्रहरीले गोली हान्यो, दुई जना घाइते


  • जन संचार
  • मंगलबार, २६ बैशाख २०८०
  • 2.8K
    Shares

झापाआगोली लागेका पहिचान पक्षधर आन्दोलनकारी

झापामा प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन् । कोशी प्रदेश नामकरणको विरोधमा पहिचान पक्षधर विभिन्न संघसंस्थाले निकालेको राँके जुलुसका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो ।

मंगलबार साँझ झापाको दमकमा भएको झडपका क्रममा प्रहरीतर्फ ५ जना र प्रदर्शनकारीतर्फ २ जना घाइते भएका झापाका एसपी दुर्गाराज रेग्मीले जानकारी दिए ।

प्रहरी स्रोतका अनुसार प्रदर्शनकारीले बालेको राँकोले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले गोली चलाएको थियो ।

प्रतिक्रिया