“विद्यालयमा राजनीति गर्नु अपराध” भन्दै शिक्षा शाखामा लगाएको ताल मेयर बालेनले तोड्न लगाए

“विद्यालयमा राजनीति गर्नु अपराध” भन्दै शिक्षा शाखामा लगाएको ताल मेयर बालेनले तोड्न लगाए


  • जन संचार
  • शुक्रबार, १५ बैशाख २०८०
  • 4.1K
    Shares

नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)ले बुधबार काठमाडौं महानगरपालिकाको शिक्षा शाखामा लगाएको ताला फोडेको छ । महानगरका नगर प्रहरीले गएराती नै उक्त ताला फोडेका हुन्।

‘विद्यालयमा राजनीतिक कार्यक्रम नगर्नु’ भन्ने निर्देशनको विरोधमा अनेरास्ववियु क्रान्तिकारीले काठमाडौं महानगरको शिक्षा विभागमा बिहीबार दिउँसो तालाबन्दी गरेको थियो । भर्नाको नाममा अवैधानिक शुल्क उठाउने विरुद्ध कारबाही नगरेको भन्दै क्रान्तिकारीले तालाबन्दी गरेको थियो ।

यसैबीच मेयर बालेन साहले काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै महानगरको शिक्षा महाशाकहामा ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फाेरेर विफल पारेको बताएका छन्। आज बिहान सामाजिक संजाल फेसबुकमा एउटा स्टाटस राख्दै त्यस्तो बताएका हुन्।

उनले आफ्नो स्टाटसमा ‘विद्यालय पढ्ने ठाउँ हो। हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न सक्दैनौ।” भन्दै त्यस माथि पनि दलगत शैक्षिक सङ्गठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध नै हो।” भनेका छन्। “यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमुक दलगत शैक्षिक सङ्गठनले ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फाेरेर विफल पारेको” उनले उल्लेख गरेका छन्

प्रतिक्रिया