मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ।
नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ ।
राती पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
मंगलबार पनि देशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ।
बुधबार देशभर आंशिक देखि सामान्यतया बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
अहिले काठमाडौं उपत्यकालगायत देशका विभिन्न क्षेत्रमा बर्षा भइरहेको छ।