चितवनको भरतपुर महानगरपालिका वडा नं- ११ स्थित नयाँकिरण माविमा मतदान रोकिएको छ। मतदान स्थलमा नाराबाजी भएपछि मतदान रोकिएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेका समर्थकहरुले नाराबाजी गरे पछि रास्वपा समर्थकहरुलाई नेकपा एमालेको समर्थकहरुले रोक्न खोज्दा दुई पक्ष बीच केही बेर झडप भएको थियो। दुवैपक्षबीच भानाभनसहित झडप हुने अवस्था आएपछि प्रहरीले भिड नियन्त्रण गर्न लाठी प्रहार गरेको छ ।
अहिले सर्वदलिय बैठक बसिरहेको र सहमती गर्ने प्रयास गरिरहेको सो केन्द्रका मतदान अधिकृत इन्द्र शर्मा ढुंगानाले जानकारी दिए।