बारा २ मा बुथ कब्जा भएको सिके राउतको आरोप, होहल्ला गर्ने चार जना पक्राउ

बारा २ मा बुथ कब्जा भएको सिके राउतको आरोप, होहल्ला गर्ने चार जना पक्राउ


  • जन संचार
  • आइतबार, १० बैशाख २०८०
  • 3.3K
    Shares

बाराको देवताल गाउँपालिका वडा नं.२ कल्याणपुर मतदान केन्द्र

जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा २ का २ मतदान केन्द्रमा बुथ कब्जा भएको आरोप लगाइरहदा बारामा बिहान १० बजेसम्म १५ प्रतिशत मत खसेको छ भने मतदान केन्द्रमा होहल्ला गरेको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

बाराको देवताल गाउँपालिका वडा नं.२ कल्याणपुर मतदान केन्द्रमा होहल्ला गरेको भन्दै चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । अद्यापि मतदान भने जारी छ ।

मतदानको क्रममा विवाद भएको र स्थिति नियन्त्रणमा लिने क्रममा चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको हो । मतदान भने जारी छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी होबिन्द्र बोगटीका अनुसार शान्तिपूर्ण भइरहेको निर्वाचनमा बिहान १० बजेसम्म १५ प्रतिशत मत खसेको हो ।

उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल, जनमत पार्टीबाट शिवचन्द्र प्रसाद कुशवाह लगायत १० दलका नेताले उम्मेदवारी दिएका छन् । त्यसैगरी स्वतन्त्रबाट २४ जनाले उम्मेदवारी दिएका छन् ।

निर्वाचनमा प्रहरी, सेना र सशस्त्र प्रहरी गरी तीन हजारको सङ्ख्यामा सुरक्षाकर्मी खटिएको जानकारी एसपी बोगटीले दिए । उनले भने,‘ चुनाव शान्तिपूर्ण रूपमा भएको छ । बुथ कब्जा भएको छैन । मतदान गर्न आउनेलाई सजिलै मतदान गर्न दिने वातावरण बनाइएको छ।

यसैबीच जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा २ का २ मतदान केन्द्रमा बुथ कब्जा भएको आरोप लगाएका छन् । प्रहरी प्रशासनकै संरक्षणमा पचरौता नगरपालिका बेलडाडीमा जसपाले बुथ कब्जा गरेको उनले बताए । आफ्ना प्रतिनिधिलाई बेलडाडी र देवतालको झिगैया बुथमा आफ्ना प्रतिनिधिलाई समेत प्रवेश गर्न नदिएको उनले आरोप लगाए । आफूहरूले हिजो देखि नै बुथ कब्जा हुने जानकारी पाएको र प्रहरी प्रशासनलाई पनि जानकारी गराए पनि उल्टै प्रहरीकै मिलेमतोमा बुथ कब्जा भएको उनको आरोप छ ।

स्थानीय प्रशासनले भने कुनै पनि मतदान केन्द्रमा बुथ कब्जा नभएको र शान्तिपूर्वक मतदान भइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया