कारोबार बिग्रिएपछि पोखरामा जग्गा कारोबारी बास्तोलाद्वारा आत्महत्या !

कारोबार बिग्रिएपछि पोखरामा जग्गा कारोबारी बास्तोलाद्वारा आत्महत्या !


  • जन संचार
  • बुधबार, ६ बैशाख २०८०
  • 124.3K
    Shares

दुईकुलाको मुहान

पोखराको कुँडहरमा सोमबार बिहान मृतावस्थामा भेटिएका पुरुष फूलबारीका दीपक बास्तोला रहेको खुलेको छ ।

पोखरा ११ फूलबारी भाष्कर स्कुल नजिकै घर भएका करिब ४५ वर्षका दीपककोे शव कुँडहर फाँटस्थित नहरको दुई कुलाको मुहानमा भेटिएको थियो । शुरुमा सनाखत नभएको शव पछि खोज्दै जाँदा दीपकको भएको पुष्टी भएको थियो ।

आर्थिक व्यवहार बिग्रेको, बेचेको जग्गाको रकम नपाएको लगायतका विवरणसहित उनले चिठी लेखेर छाडेको भेटिएको छ । उनी कतिबेला घरबाट निस्के र कहाँबाट नहरमा हामफाले भन्ने भने थाहा भएका छैन । यसबारेमा प्रहरीले अनुसन्धान थालिसकेको छ । जग्गा कारोबारमा संलग्न दीपकले निजी विद्यालयमा पनि पढाउँथे ।

प्रतिक्रिया