कोरोनाबाट एकैदिन दुईजनाको मृत्यु, थप एकसय ७१ जनामा संक्रमण पुष्टि

कोरोनाबाट एकैदिन दुईजनाको मृत्यु, थप एकसय ७१ जनामा संक्रमण पुष्टि


  • जन संचार
  • मंगलबार, ५ बैशाख २०८०
  • 4.4K
    Shares

कोरोनाबाट मृत्यु , corona-death, janasanchAR

नेपालका कोरोना भाइरस संक्रमणबाट एकैदिन २ जनाको मृत्यु भएको छ। गत २४ घण्टाको अवधिमा संक्राणका कारण २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, आज एकसय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। दुई हजार दुईसय ९१ नमुनामध्ये नौसय ८० जनाको पीसीआर परीक्षण गर्दा एकसय पांच र एक हजार तीनसय १२ जनाको एन्टिजेन परीक्षण गर्दा ६६ जना गरी एकसय ७१ जनामा संक्रमण देखिएको हो।

यस्तै कोरोनाका सक्रिय संक्रमितको संख्या तीनसय ९७ पुगेको छ भने संस्थागत आइसोलेसनमा २२ जना, आईसीयूमा आठजना र भेिन्टलेटरमा चारजना उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया