आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध पक्राउ पुर्जी जारी

आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध पक्राउ पुर्जी जारी


  • जन संचार
  • सोमबार, ४ बैशाख २०८०
  • 3.6K
    Shares

नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का

नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
सोमबार भ्रष्टाचार मुद्दामा विशेष अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

न्यायाधीशहरू यमुना भट्टराई, बलभद्र बास्तोला र खुशीप्रसाद थारुको संयुक्त इजलासले खड्कासहित ४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । उनीमाथि गैरकानूनी रूपमा १८ करोड ६६ लाख रुपैयाँ सम्पत्ति आर्जन गरेको आरोप लागेको छ ।

उनीविरुद्ध अख्तियारले ०७५ पुसमा मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया