हजारौंको मृत्युबिच जन्मिएको त्यो शिशु मृत आमाको गर्भानालबाटै गुहार लगाए र बाँचे :सिरिया भूकम्प

हजारौंको मृत्युबिच जन्मिएको त्यो शिशु मृत आमाको गर्भानालबाटै गुहार लगाए र बाँचे :सिरिया भूकम्प


  • जन संचार
  • बिहिबार, २६ माघ २०७९
  • 10.9K
    Shares

हजारौंको मृत्युबिच जन्मिएको त्यो शिशु मृत आमाको गर्भानालबाटै गुहार लगाए र बाँचे :सिरिया भूकम्प

टर्की सिरियामा विनाशकारी भूकम्पले भत्किएको एउटा घरभित्र जन्मेकी नवजात शिशुको उद्धार भएको छ ।

भग्नावशेषबाट शिशुको उद्धार गर्दै गरेकोे भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

उद्धारकर्ताहरुले ती शिशुलाई आमाको गर्भनालमा जोडिएकै अवस्थामा फेला पारेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

सिरियाको अलेप्पो प्रान्तको अफ्रिन भन्ने शहरमा गर्भवती अफ्रा अबु हदिया भूकम्पले घर भत्केपछि घरभित्रै अड्केकी थिइन् । र उनले घर भत्केपछि शिशुलाई जन्मदिएको हुन सक्ने उद्धारकर्ताहरुले बताएका छन् ।

भग्नावशेषबाट बच्चा रोएको आवाज आएको सुनेपछि उद्धारकर्ताले मृत आमाको गर्भानाल काटेर बचाइएको शिशुको आमालाई भने बचाउन नसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उद्धार गरिएका शिशुलाई सिरियाकै सुविधा सम्पन्न अस्पतालमा भर्ना गरिएएको छ ।

हदियाका छिमेकी रमादान सलेमनका अनुसार नवजात शिशुको परिवारका सबैको भूकम्पमा परेर मृत्यु भइसकेको छ । ती नवजान शिशु मात्र परिवारको एक्लो सदस्य हुन् ।

सोमबार टर्कीका केन्द्रबिन्दु भएर ७.८ र ७.५ म्याग्निच्युटको भूकम्प गएको थियो । जसको कारण टर्कीका साथै छिमेकी देश सिरियामा समेत जनधनको क्षति भएको छ । टर्की र सिरियामा गरेर अहिलेसम्म १६ हजारको मृत्यु भइसकेको छ ।

 

प्रतिक्रिया