क्रिसमसका बेला अमेरिकामा प्राकृतिक मार, चिसोले ५६ जनाको मृत्यु तापक्रम झर्‍यो माइनस ४५ डिग्री सेल्सियससम्म

क्रिसमसका बेला अमेरिकामा प्राकृतिक मार, चिसोले ५६ जनाको मृत्यु तापक्रम झर्‍यो माइनस ४५ डिग्री सेल्सियससम्म


  • जन संचार
  • मंगलबार, १२ पुष २०७९
  • 10.1K
    Shares

अमेरिकामा चिसोका कारण ५६ जनाको मृत्यु

चिसोका कारण उत्तरी अमेरिकामा ५६ जनाको मृत्यु भएको छ ।

चिसो सिरेटोसँगै हिमपात हुँदा जनजीवन नराम्रोसँग प्रभावित भएको छ । न्यूयोर्कको बफेलो शहर सबैभन्दा बढी प्रभावित भएको छ ।

बीबीसीका अनुसार ओन्टारियो, मोन्टाना, क्युबेक, भर्मन्ट, ओहायो, मिजुरी, विस्कन्सिन, क्यान्सस, कोलोराडो लगायतका क्षेत्रहरु नराम्रोसँग प्रभावित भएका छन् । मोन्टानामा न्युनतम तापक्रम माइनस ४५ डिग्री सेल्सियस मापन भएको छ ।

हिउँले सडकहरु अवरुद्ध छन् भने सयौं उडानहरु रद्द गरिएको छ । क्रिसमस चाडको बेला भएको हिमपात र जाडोले मानिसहरुको दैनिकी प्रभावित भएको छ । आफन्तसँगै बसेर चाड मनाउने योजना पनि हवाई र स्थल यातायातका साधन नचल्दा प्रभावित भएको छ ।

केही स्थानमा विद्युत आपूर्ति पनि बन्द भएको छ । यद्यपि धेरैजसो स्थानमा विद्युत आपूर्ति सुरु भइसकेको समाचार सार्वजनिक भएको छ । समाचार एजेन्सी एपीका अनुसार सुरुको अवस्थामा १७ लाख मानिसहरु बिजुली विना बस्न बाध्य भए पनि अहिले त्यो संख्या घटेर २ लाखमा झरेको छ ।

मौसमविदहरुले हिमपात र चिसो केही दिनमा कम हुने बताएका छन् छन् ।

सरकारी अधिकारीहरुले अत्यावश्यक नपरी घर बाहिर ननिस्किन सुझाव दिएका छन् । यद्यपि एरी काउन्टीमा १२ जना मानिसहरु घरभित्रै र गाडीभित्रै मृत फेला परेका छन् ।

 

 

प्रतिक्रिया