महान फुटबलर पेलेको स्वास्थस्थिति जटिल बन्दै, यसपालीको क्रिसमस अस्पतालमै मनाइने

महान फुटबलर पेलेको स्वास्थस्थिति जटिल बन्दै, यसपालीको क्रिसमस अस्पतालमै मनाइने


  • जन संचार
  • बिहिबार, ७ पुष २०७९
  • 16.6K
    Shares

पेलेको स्वास्थ्य जटिल बन्दै

फुटबल जगतका सुपरस्टार पेलेको स्वास्थ्य अवस्था थप जटिल बनेको छ । अस्पतालका अनुसार, क्यान्सर फैलँदो अवस्थामा रहेको बताएको छ ।

अल्वर्ट आइन्स्टाइन अस्पतालमा तीन सातादेखि उपचार गराइरहेका पेलेको मिर्गौला र मुटुको विशेष ध्यान राख्नुपर्ने अस्पताल स्रोतले जनाएको छ । पेलेकी छोरी केली नासिमेन्तोले इन्स्टाग्राममा लेखेकी छन्, ‘हामीले घरमा क्रिसमस मनाउन नपाउने भयौं, चिकित्सकसँग सल्लाह गरेर यहीँ रहने निर्णय गर्यौं । किनभने उहाँलाई अस्पतालमै रहनु फाइदा छ ।’

पेले ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गरी सर्वकालीन अग्रणी गोलकर्ता हुन् । उनले सन् १९५८, १९६२ र १९७० मा ब्राजिलका लागि तीनपल्ट विश्वकप उपाधि जितेका छन् ।

सेप्टेम्बर २०२१ मा पेलेको ठूलो आन्द्राबाट ट्युमर निकालिएको थियो । स्वासनलीमा संक्रमण देखिएको र केहि समयपछि पेलेको शरीरमा केमोथेरापीले काम गर्न छाडेपछी उनको स्वास्थ जटिल बन्दै गएको हो ।

 

 

प्रतिक्रिया