सैयौ ह्‍वेलले समुद्री किनारमा आत्महत्या गरे..(भिडियोसहित)

सैयौ ह्‍वेलले समुद्री किनारमा आत्महत्या गरे..(भिडियोसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २९ माघ २०७३
  • 14.4K
    Shares

न्यूजिल्याण्डको समुद्र किनारमा सयौ ह्‍वेलले आत्महत्या गरकेा छन्। आमा र बच्च‍ासहित आएका सयौंको संख्यामा रहेका ह्‍वेलले साउथ आइसल्याण्ड टापुमा आत्महत्या गरेको बीबीसीले जनाएको छ। यता न्यूजहेराल्डका अनुसार बिहीबार राति करीब ४ सयको संख्यामा समुद्रको फेयरवेल स्पिटकिनारमा आएको र ३ सय ह्‍वेलले आत्महत्या गरेका हुन्। माछाका आमाहरुले आत्महत्या गरेपछि उनीहरुका बच्चालाई स्थानीयले बचाउने प्रयास गरेका छन्।

उनीहरुले ह्‍वेल आएको थाहा पाएपछि ह्‍वेल विशेषज्ञसँग परापर्श थालेका छन्। ह्‍‍वेलले किन आत्महत्या रोजेको भन्‍नेबारेमा विज्ञहरुले अनुसनधान गरिरहेका छन्। यसअघि पनि सन् २०१५ को फेब्रुअरीमा करीब २ सयको संख्यामा यही तटमा आएर आत्महत्या गरकेा थिए।

किन आत्महत्या गर्छन ह्‍वेल ?

whel group self murder 1

स्तनधारी समूहमा पर्ने एक मात्र जीव ह्‍वेलले किन आत्महत्या गर्छन् भन्‍ने बारेमा अहिलेसम्‍म वैज्ञानिकले समेत पत्ता लगाएका छैनन्। तर, बिरामी भएपछि उनीहरुले आत्महत्या रोजेको हुन सक्‍ने वैज्ञानिकले तर्क गरेका छन्।

वैज्ञानिकका अनुसार एउटा ह्‍वेल समुद्रको किनारमा आउँछ र उसले अरुलाई पनि आउन संकेत गर्छ ।यसपछि समूहमा सबै ह्‍वेल आएर समुद्री तटमा एक साथ आत्‍महत्या गर्छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार