एक वर्षमा ३ करोड लिटर तेल गायब

एक वर्षमा ३ करोड लिटर तेल गायब


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ८ बैशाख २०७३
  • 14.2K
    Shares

नेपाल आयल निगमले गत आर्थिक वर्ष २०७१ /७२मा खरिद गरेभन्दा कबिर तीन करोड लिटर तेल कम बिक्री गरेको छ । तापक्रम र प्रशासनिक चुहावटका कारण इन्धन नोक्सानी भएकाले कम परिणाम बिक्री भएको निगमको दाबी रहेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

०७१/७२ को अडिट रिपोर्ट अनुसार निगमले एक अर्व ६२ करोड ८५ लाख ४३ हजार लिटर तेल इन्डियन आयल कर्पोरेशनबाट खरिद गरेको थियो । जसमध्येबाट १ अर्ब ६० करोड १२ लाख ९१ हजार लिटर मात्रै बिक्री गरेको तथ्यांक अडिट भएको छ । खरिद र बिक्रीबीच अन्तर देखिएको दुई करोड ७२ लाख ५२ हजार लिटर इन्धनको हिसाब नै छैन ।

प्रतिक्रिया