अलकायदाले ट्रम्पलाई भन्यो, ‘ह्वाइट हाउसमा आएको नयाँ मुर्खले गालामा नमिठो झापड पायो’’

अलकायदाले ट्रम्पलाई भन्यो, ‘ह्वाइट हाउसमा आएको नयाँ मुर्खले गालामा नमिठो झापड पायो’’


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २७ माघ २०७३
  • 14K
    Shares

राष्ट्रपतिमा निर्वाचित हुनेविक्तिकै डोनाल्ड ट्रम्पलाई आफुहरुसँग नखेल्न सुझाब दिएको अलकायदाले गिज्याएको छ । यमनमा रहेको अलकायदाको कम्पाउण्डमा अमेरिकी सेनाले कारवाही गरेको केही दिनपछि अडियो टेप सार्वजनिक गर्दै अलकायदाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गिज्याएको हो ।

ट्रम्पको निर्देशनमा जनवरी २९ मा भएको उक्त कारवाहीमा अमेरिकी सेनाले समेत ज्यान गुमाएपछि कारवाहीको भत्सर्ना गर्दै अलकायदा इन अरेबियन पेनिनसुला (एक्युएकपी) का नेता कासिम अल–रिमीले ११ मिनेट लामो अडियो जारी गर्दै भनेका छन्, ‘ह्वाइट हाउसमा आएको नयाँ मुर्खले गालामा नमिठो झापड पाएको छ ।’

शनिबार अनलाइनमा जारी गरिएको उक्त अडियोलाई एसआइटीई इन्टिलिजेन्स ग्रुपले त्यसलाई अनुवाद गरेको थियो । अडियोमा रिमीले उक्त घटनामा दर्जनौँ अमेरिकी मारिएको र घाइते भएको पनि दाबी गरेका छन् । उक्त अमेरिकाले ठीक उल्टो जानकारी दिएको थियो । अमेरिकाका अनुसार नेभी सिलका विलियम रायन ओवेन्सको मृत्यु भएकोे र अन्य तीन जनाको घाइते भएका हुन् ।

रिमीले घटनामा १४ पुरुष र ११ महिला र बालबालिकाको मृत्यु भएको बताएका छन् । उक्त कारवाही अमेरिका र युएईले संयुक्त रुपमा गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार