ब्रस नगरेको भन्दै रुष्ट आमाको पिटाईबाट ४ वर्षीया बालिकाको मृत्यु

ब्रस नगरेको भन्दै रुष्ट आमाको पिटाईबाट ४ वर्षीया बालिकाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २५ माघ २०७३
  • 17.3K
    Shares

आमा आफ्ना छोरा छोरीको लागि दया, माया र करुणाकी खानी मानिन्छिन् । आफ्ना छोरा छोरीलाई सहिबाटोमा डोयाउने प्रमुख भूमिका आमाकै हुन्छ । तर तीनै आमा छोराछोरीको लागि क्रुर बनेपछि कस्को के नै लाग्छ र । यस्तै घटना अमेरिकामा घटेको छ । अमेरिकामा आमाको कुटाइले चार वर्षीया बालिकाको मृत्यु भएको छ । मेरिल्याण्डकी गेथर्सबर्गकी आइरिस हर्नानदेज रिवाज (२०) छोरीले ब्रस नगरेकोमा रुष्ट थिइन् ।

रिसमा उनले पहिले छोरी नोहलेलाई पेटीले हानिन् र जमिनमा पछारिने गरि लात्ताले हानिन् । कुटाइका कारण अर्धचेत भएकी उनलाई गम्भीर अवस्थामा अस्पताल पुर्याइयो जहाँ उनको मृत्यु भयो ।

छोरी अर्धचेत भएको खबर आइरिसले पुलिसलाई दिएकी थिइन् । उनले छोरी नुहाउनका लागि पहिले बाथरुममा छिरेको र त्यसको १५ मिनेटपछि बाथटबबाट खसेको बताइन् । त्यसको एक घण्टापछि उनले इमर्जेन्सी सर्भिसका लागि ९११ मा फोन गरिन् त्यसपछि छोरीलाई गम्भीर अवस्थामा अस्पताल पुर्याइयो ।

डाक्टरका अनुसार नोहलेको शरिरमा थुप्रै घाउ र टाउको पनि चोटको गहिरो निशाना थियो । उनलाई वासिङ्टन डिसीको चिल्ड्रेन नेशनल मेडिकल सेन्टरमा पुर्याइयो जहाँ उनको मृत्यु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार