नयाँ दिल्लीबाट मुम्बईका लागि उडेको जेट एयरवेजको जहाजले करिब अाधा दूरी पार गर्दै थियो। एयर होस्टेसले खाना वितरण गरी रहेकी थिइन्। सबै यात्रु रुचिपूर्वक खाना खाइरहेका थिए। जेट एयरवेज ९ डब्लु ३३२ त्यतिबेला १२ हजारभन्दा बढीको फिटको उचाइमा उडिरहेको थियो। त्यहीबेला एक जना यात्रुले निकै कडा शब्दका गाली गर्दै आफ्नो खानाको ट्रे हुत्याइदिए।
अनि ककपिटतर्फ हिँड्दै बेस्सरी चिच्याए, ‘यो विमान मेरो नियन्त्रणमा छ। यो छिटै दुर्घटनाग्रस्त हुँदैछ’, उनले अाफ्नो निर्णय सुनाए। उनी अपहरणकारी हुनसक्ने भन्दै सबैले ठाडा कान लगाए।
‘बिजनेस क्लासलाई छुट्याउन लगाएको पर्दा उघारे र उनले बिजनेस क्लासदेखि ककपिटतर्फ अघि बढे’, एक जना प्रत्यक्षदर्शी अम्बेर दुवेले भने, ‘ड्युटीमा रहेका दुई पाइलटले उनलाई बिजनेस क्लासमै राखे। त्यहाँभन्दा अघि बढ्न दिएनन्। भाग्यवस विमानमा एक जना चिकित्सक यात्रा गरिरहेका रहेछन्।’
केही परका यात्रु त्रसित भए। दिल्ली–मुम्बईको उडान समय करिब एक घन्टाको हुनेगर्छ। आधी दूरी पार गरिसकेपछि उनले विमान अाफ्नो नियन्त्रणमा रहेको बताए थिए। ती यात्रु इकोनोमी क्लासको टिकटमा विमानमा चढेका थिए।
‘बिजनेस क्लासलाई छुट्याउन लगाएको पर्दा उघारे र उनले बिजनेस क्लासदेखि ककपिटतर्फ अघि बढे’, एक जना प्रत्यक्षदर्शी अम्बेर दुवेले भने, ‘ड्युटीमा रहेका दुई पाइलटले उनलाई बिजनेस क्लासमै राखे। त्यहाँभन्दा अघि बढ्न दिएनन्। भाग्यवस विमानमा एक जना चिकित्सक यात्रा गरिरहेका रहेछन्। ती डाक्टरले औषधि दिएपछि उनी केही शान्त भए।’
धम्क्याउने व्यक्तिले राम्रो अंग्रेजी बोलेका थिए। पाइलटले विमान भइरहेको घटनाको जानकारी मुम्बई एयर ट्राफिक कन्ट्रोललाई गराइ हाले।मुम्बइ विमानस्थलमा सुरक्षाकर्मी तैनाथ गरियो। ती व्यक्तिलाई लिन विमानस्थलमा आफन्त पनि अाएका रहेछन्। विमान अवतरण गरेपछि सुरक्षाकर्मीले उनले पक्राउ गरे। उनी पक्राउको सूचना पाएपछि आफन्त निकै चिन्तित देखिए। तत्कालै उनको सबै मेडिकल रिपोर्ट सुरक्षाकर्मीलाई देखाइयो। ‘नियमित औषधि छुटेका कारण उनी त्यसरी असन्तुलित भएका हुन्। उनको नियत अरु होइन’, आफन्तले भने।
मानसिक रोगी भएको प्रमाणित भएपछि उनलाई सुरक्षाकर्मीले छोडेको जेट एयरवेजले जनाएको छ। ‘औषधि सेवनपछि सामान्य भएका उनलाई मानसिक रोगको समस्या रहेछ। पछि उनले माफी मागे। सुरक्षा निकायले धेरैबेर नराखी छोडिदिए’, जेट एयरवेज स्रोतले भन्यो।