नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई दोश्रो पटक कोरोना संक्रमण भएको छ।
गत पुस २७ गते कोरोना संक्रमण देखिएका नेता नेपाललाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको अध्यक्ष नेपाल स्वयम् आफैले आफ्नो फेसबुकबाट जानकारी दिएका छन्।
कोरोना संक्रमित एकीकृत समाजवादीका अध्यक्ष नेपाल अहिले सामान्य लक्षण सहित घरमै आराम गरिरहेका छन्। यसैबीच स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै केही दिनका लागि भेटघाट तथा निर्धारित कार्यक्रमहरू स्थगित गरिएको सचिवालयले बताएको छ। नेपालले आजै बिहान मात्र एक सार्वजनिक कार्यक्रममा सम्बोधन गरेका थिए।