बेलायतको राजधानी लन्डनबाट झन्डै एक महिनादेखि एक नेपाली युवा बेपत्ता भएका छन्।
लामो समयदेखि लन्डनमा बस्दै आइरहेका २४ वर्षीय रिदम पोखरेल गत मे २९ देखि बेपत्ता भएको स्थानीय हिलिन्डन प्रहरीले जानकारी दिएको छ।
स्थानीय प्रहरीले सर्वसाधारणलाई उनको खोजीका लागि सहयोग गरिदिन आग्रहसहित सूचना सम्प्रेषण पनि गरेको छ।
पछिल्लो पटक बेलायतको डोबर भन्ने ठाउँमा देखिएका पोखरेल त्यस यता नदेखिएको जनाउदै डोबर हेर्ने केन्ट प्रहरी शाखाले पोखरेलको खोजीमा सहयोग गरिदिन सर्वसाधारणसंग अनुरोध सहितको सुचना पनि जारी गरेको छ। उनका बारेमा कुनै जानकारी भए रिफरेन्स १०४ र २१ जुलाई उल्लेख गरी १०१ मा प्रहरीलाई खबर गर्न भनिएको छ।