सामूहिक वलात्कार गरिएकी किशोरीको जबरजस्ती गर्भपतन : डाक्टर र दुई युवाको भागाभाग

सामूहिक वलात्कार गरिएकी किशोरीको जबरजस्ती गर्भपतन : डाक्टर र दुई युवाको भागाभाग


  • जन संचार
  • आइतबार, २९ जेष्ठ २०७९
  • 4.1K
    Shares

सामूहिक वलात्कार

सामूहिक वलात्कार गरिएकी किशोरीको जबरजस्ती गर्भपतन गराए पछि बारामा वालात्कारमा संलग्न दुई युवा र गर्भपतन गराउने डाक्टरको भागाभाग भएको छ।

सामूहिक वलात्कारमा परेकी प्रसौनी गाउँपालिका वडा नम्बर ५ प्रस्टोकाकी १६ वर्षीया किशोरीले आफुलाई सामूहिक वलात्कार गरेका युवाहरुले जबरजस्ती गर्भपतन गराएको भन्दै प्रहरीमा उजुरी दिए पछि उनीहरुको भागाभाग भएको हो।

प्राप्त समाचार अनुसार, ती किशोरीलाई प्रसौनी गाउँपालिकाकै वडा नम्बर २ का अन्दाजी २५/२६ वर्षीय भोला भन्ने दिपक साह र श्यामसुन्दर साहले तीन महिना पहिले सामूहिक बलात्कार गरेका थिए। तर सामुहिक वलात्कार गर्ने युवाहरुले ज्यान मार्ने धाकधम्की दिएर घटना सार्वजनिक नगर्न पिडित पक्षलाई दबाब दिएका बताइएको छ। तर, दुई दिनपहिले अचानक महिनावारी (रजश्वला) रोकिएपछि किशोरीले यसबारे आरोपित युवकलाई भेटेर आफू गर्भवती भएको जानकारी गराएकी थिइन्।

वलात्कृत किशोरी गर्भवती भएको खबर पाउनासाथ झस्किएका भोला भन्ने दिपक साह र श्यामसुन्दर साहले गर्भवती भएकी ती किशोरीलाई शनिबार राति घरबाट जबरजस्ती डा. ओम प्रकाश महत्तोकोमा लगेर गर्भपतन गराएका प्रहरीले जानकारी दिएको छ।

अचेत बनाएर गर्भपतन गरिएकोमा होशमा आएर घर फर्किएकी ती किशोरीले आफूसँग भएको ज्यादतिबारे अभिभावकलाई जानकारी गराएकी प्राप्त समाचारमा उल्लेख छ।

आइतबार पीडित किशोरीका अभिभावकले आरोपित दुवै युवक र गर्भपतन गराउने डाक्टर महत्तोविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा किटानी जाहेरी दिएका छन् ।

किटानी जाहेरी परेका आरोपित दुवै युवक र डाक्टर महत्तो फरार रहेको प्रहरीले जनाएको छ । उनीहरुको खोजी भइरहेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।

पीडित किशोरीको आइतबार दिउँसो प्रादेशिक अस्पताल कलैयामा स्वास्थ्य परीक्षण गराएर प्रहरीकै संरक्षणमा राखिएको थापाले बताए ।

प्रतिक्रिया