अष्ट्रेलियामा नेपाली युवालाई तातोकफी छ्यापेर भागेका अष्ट्रेलियन युवा प्रहरी सम्पर्कमा आए

अष्ट्रेलियामा नेपाली युवालाई तातोकफी छ्यापेर भागेका अष्ट्रेलियन युवा प्रहरी सम्पर्कमा आए


  • जन संचार
  • आइतबार, २९ जेष्ठ २०७९
  • 8.9K
    Shares

नेपाली युवालाई तातोकफी छ्याप्ने अष्ट्रेलियन युवा

अष्ट्रेलियाको राजधानी सिड्नीस्थित एक क्याफेमा काम गरिरहेका नेपाली युवालाई तातो कफी छ्यापेर भागेर अष्ट्रेलियन युवक आफै प्रहरी सम्पर्कमा आएका छन् ।

नेपालको ललितपुर घर भएका २७ वर्षिय सुमन घिताललाई ३१ बर्षीय ती युवाले बिहिबार बिहान ११ बजेतिर सिड्नीको रोजहिलस्थित क्याफेमा काम गरिरहेका बखत तातोकफीले छ्यापेर सम्पर्कबिहीन भएका थिए । त्यसपछि क्याफेले उक्त सिसिटिभी फुटेज फेसबुकमा सार्वजनिक गरेको थियो।

सार्वजनिक उक्त सिसिटिभी फुटेजमा खरानी रंगको हुडी लगाएका ती ग्राहकले छेउमा उभिएकी महिलाग्राहकको कफिको पैसा तिर्न खोज्दछ । तर, ती महिलाले हुन्न भनेपछि सुमनले पैसा लिन अस्विकार गर्छ । त्यहि रिसको झोकमा तीपुरुष ग्राहकले हातमा लिएको तातो कफी सुमनलाई हान्छन् । कफीले लागेर सुमनको अनुहार र हातमा पोलेको छ ।

यसैबीच क्याफेले तातोकफी छ्यापिएका सुमन धितालको अवस्था सामान्य रहेको जनाउदै सुमनलाई रियल हिरो भन्दै रेष्टुरेन्टले पोष्ट गरेको छ ।

अष्ट्रेलियाबाट संचालन हुँदै आएको नेपालट्युब डट कम https://www.nepaltube.com.au ले प्रकाशित गरेको समाचार अनुसार, घटनापछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । घटनाको एक दिनपछि शुक्रबार साझ ती युवक आफै प्रहरी सम्पर्कमा आएर बयान दिएको न्यु साउथ वेल्स प्रहरीले जनाएको छ । उनीमाथी प्रहरीले common assault (सामान्य आक्रमण) सम्बन्धि मुद्दा दर्ता गरेको छ । ती युवकलाई पारामाट्टा स्थानीय अदालतले जुलाई २६ मा हाजिर हुन निर्देशन दिएको छ ।

प्रतिक्रिया