समीक्षा अधिकारीले भाबुक बन्दै लेखिन्, ‘तिम्रो लागि सधैं म हार्न सक्छु’

समीक्षा अधिकारीले भाबुक बन्दै लेखिन्, ‘तिम्रो लागि सधैं म हार्न सक्छु’


  • जन संचार
  • बिहिबार, १५ बैशाख २०७९
  • 4.2K
    Shares

तिमीलाई माया गर्छुरत मर्न सक्छु मार्न सक्छु

तिम्रो लागि आफैलाई दुखमा पार्न सक्छु

तिम्रो जितमा उत्सव मनाउने मान्छे हु म

त्यसैलेत तिम्रो लागि सधै म हार्न सक्छु

दुई महिना पछि गायिका समीक्षा अधिकारीले आफ्नो फेसबुक पेजमा बिहीबार बिहान पोस्ट गरेको स्टाटस हो यो । शुरुमा उनले यही शव्दहरू मात्र लेखे पनि फ्यानहरूको आक्रोश पछि उनले शब्द संगितको काम हुदैं भन्ने शब्द थपेको छिन् ।

गत १७ फेब्रुअरीमा उनले आफू अभिनित गीत ‘ढाकाटोपी शिरमा रिबन’ सेयर गरेकी थिइन् । समीक्षाको पछिल्ला स्टाटसले एकैसाथ प्रेमका धेरै आयाम र अर्थलाई व्याख्या गर्छ ।

उनी पछिल्लो समय जीवनको कठिन क्षणबाट गुज्रिएकी छन् र उनको यो स्टाटसले प्रेमभित्र आशावाद चित्रण गर्छ । साथै, जिन्स आउटरसहितको ताजा तस्वीर पनि उनले सेयर गरेकी छन् ।

उनको यो पोस्टलाई लिएर सामाजिक सञ्जालमा टिप्पणी भइरहेका छन् । यद्यपि, आफ्नो नयाँ गीतको लागि उनले यी शब्द लेखेकी हुन् वा मनको भाव ? यी कुरा जान्नु रोचक हुनेछन् ।

प्रतिक्रिया