बक्यौता रकम नबुझाउने तीन वटा क्यासिनो बन्द गर्न निर्देशन

बक्यौता रकम नबुझाउने तीन वटा क्यासिनो बन्द गर्न निर्देशन


  • जन संचार
  • बिहिबार, १७ चैत्र २०७८
  • 5.1K
    Shares

क्यासिनो

पर्यटन विभागले तीन वटा क्यासिनो बन्द गर्न पत्राचार गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सरकारलाई बुझाउनुपर्ने बक्यौँता रकम बुझाउन दिएको पांच दिन सकिदा पनि बक्यौता रकम नबुझाएपछि पर्यटन विभागले ती तीन वटा क्यासिनो बन्द गर्न पत्राचार गरेको हो ।

गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालय नक्साललाई गरिएको पत्राचारमा रक इन्टरनेशनल प्रालि काठमाडौँ, ह्याप्पी आवर काठमाडौँ र ओरियन्टल होटल्स (र्याडिसन होटल) लाजिम्पाट काठमाण्डौलाई बन्द गर्न निर्देशन गरिएको छ।

पर्यटन विभागले जारी गरेको सूचना अनुसार, रक इन्टरनेशनल प्रालि काठमाडौँको रु ३० करोड ३८ लाख, ह्याप्पी आवर काठमाडौँको रु ३० करोड १७ लाख र ओरियन्टल होटल्स (र्याडिसन होटल) लाजिम्पाटको नाममा रु ३० करोड सरकारलाई क्यासिनो सञ्चालन बापत तिर्नुपर्ने बक्यौता बाँकी छ ।

पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले सरकारी बक्यौता नतिरेका तीन वटा क्यासिनोहरू बन्द गर्न पत्राचार गरिएको पुष्टि गरे।

पटकपटक बक्यौता रकम बुझाउन क्यासिनो कम्पनीलाई पत्रचार गरिए पनि नबुझाएकाले क्यासिनो नियमावली, २०७० को नियम १४ बमोजिम ती कम्पनीका इजाजतपत्ररअनुमतिपत्र रद्ध गरिएको विभागले जनाएको छ ।

आर्थिक वर्ष २०७६र०७७ सम्मको नियमित रोयल्टी र नवीकरण रु ९० करोड ५५ लाख ७६ हजार उठाउन बाँकी रहेको छ । हालसम्म १७ वटा कम्पनीले रोयल्टी बुझाई सरकारको खातामा रु ८७ करोड राजस्व सङ्कलन भएको विभागले जनाएको छ ।

प्रतिक्रिया