निजी कम्पनीले विज्ञापन कर तिर्न पत्राचार गर्न शुरु गरेपछि पोखराका उद्योगी व्यवसायीहरु आक्रोशित भएका छन्। पोखराका उद्योगी व्यवसायीहरुको साझा संगठन पोखरा उद्योग बाणिज्य संघले त आइतबार एक प्रेस बिज्ञप्ति जारी गरेर विज्ञापन करको बिरोध गरेको छ।
पोखरा महानगरसँग साइन हव कम्पनीले आर्थिक वर्ष २०७८÷०८९ को लागि एककरोड पांच लाखमा विज्ञापन करको ठेक्का लिएको छ। होर्डिङ बोर्डको ठेक्का लिएको साइन हव कम्पनीले पोखराका उद्योगी-व्यापारीहरुलाई पत्राचार गर्दै हरेक पसलले टाँसेको १० वर्ग फुटभन्दा माथिको बोर्डको बिज्ञापन कर तिर्न भनिएको छ। यही साइन हव कम्पनीले बिज्ञापन कर तिर्न पठाएको पत्रबाट व्यवसायीहरु आक्रोशित बनेका हुन् ।
पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्र बिजुक्छेले आइतबार एक प्रेस बिज्ञप्ति जारी गर्दै बिज्ञापन करको निन्दा गरेका छन्।
राज्यका निकाय र महानगरपालिकालाई व्यवसायसहित अन्य कर तिरेर संचालन गरिरहेको व्यवसायको प्रचार गर्न पाउनुपर्ने दाबी गर्दै संघका महासचिव बिजुक्छेले दोहोरो कर खारेज गर्नुपर्ने माग गरेका छन्।
पोखरा महानगरपालिकाको सहमतिमा उठाईएको बिज्ञापन करलाई “स्वेत आतंक” भन्दै महासचिव बिजुक्छेद्वारा जारी गरिएको बिज्ञप्तिमा पोखराका उद्योगी व्यवसायीबीच मच्चाइएको बिज्ञापन कर तत्काल फिर्ताको माग गरिएको छ । अन्यथा कदम चाल्ने चेतावनी पनि विज्ञप्तिमार्फत दिइएको छ।
‘व्यवसायीहरुले व्यवसाय चिनारीको लागि राखिने बोर्डहरु विज्ञापन हैनन् । नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भइ, दर्ता शुल्क, आयकर,व्यवसाय करसहितका सबै कर तथा मूल्य अभिवृद्धि कर संकलन गर्दै राज्यलाई भुक्तान गर्दै आएका व्यवसायीको सार्वभौम अधिकार हो’,विज्ञप्तिमा भनिएको छ,’ कानुनले दोहोरो कर बर्जित गरेको छ । व्यवसाय कर पनि तिर्ने र त्यही व्यवसायको चिनारीको खातिर राखिएको बोर्डको कर पनि तिर्नुपर्छ भन्नु कानुनको उलंघनमात्रै हैन, व्यवसायीहरुको सार्वभौम अधिकारमाथिको आक्रमण एवं स्वतन्त्रतापूर्वक व्यवसाय गर्न पाउने संवैधानिक अधिकारमाथिको पनि धावा हो ।’
तर,