बोटलर्स नेपालद्वारा सात अर्ब ४३ करोड कर छली : उच्च अदालतमा दायर भयो मुद्दा

बोटलर्स नेपालद्वारा सात अर्ब ४३ करोड कर छली : उच्च अदालतमा दायर भयो मुद्दा


  • जन संचार
  • शुक्रबार, २७ फाल्गुन २०७८
  • 3.7K
    Shares

बोटलर्स नेपाल

कोकाकोला, फ्यान्टा र स्प्राइटको उत्पादक कम्पनी बोटलर्स नेपालले झन्डै साढे सात अर्ब रुपियाँ बराबरको राजस्व छली गरेको देखिएको छ।

राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धानका क्रममा बोटलर्स नेपालले सात अर्ब ४३ करोड ६३ लाख ८२२ रुपैयाँ बराबरको कर  छली गरेको देखिएको हो।

आज राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा बोटलर्स नेपालविरुद्ध सात  अर्ब ४३ करोड ६३ लाख ८२२ रुपैयाँ बराबरको कर तथा बिगो दावी गर्दै  मुद्दा दायर गरेको विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिए ।

विभागले अदालतमा बोटलर्स नेपालसहित १७ जना प्रतिवादी बनाएर मुद्दा दायर गरेको बताइएको छ । बोटलर्स नेपाल लिमिटेडको आधाभन्दा बढी स्वामित्व एउटा कम्पनीबाट अर्कोमा हस्तान्तरण गर्दा पूँजीगत लाभकर छलेको आरोप छ ।

बोटलर्स नेपाल बिरुद्ध पूँजीगत लाभकर छलीमा विभागले अनुसन्धान गर्दै आएको थियो । बोटलर्स नेपाल लिमिटेडको आधाभन्दा बढी स्वामित्व एउटा कम्पनीबाट अर्कोमा हस्तान्तरण गर्दा पूँजीगत लाभकर छलेको आरोप छ । बोटलर्स नेपालसहित १७ जना प्रतिवादी बनाएर मुद्दा दायर भएको हो ।
राजस्व अनुसन्धान विभागद्वारा बोटलर्स नेपालको राजस्व चुहावट सम्बन्धि बिज्ञप्ति

प्रतिक्रिया