भक्तपुरको दधिकोटमा श्रीमानद्वारा श्रीमतीमाथि एसिड प्रहार

भक्तपुरको दधिकोटमा श्रीमानद्वारा श्रीमतीमाथि एसिड प्रहार


  • जन संचार
  • सोमबार, २३ फाल्गुन २०७८
  • 3.2K
    Shares

युवतीमाथि एसिड प्रहार

भक्तपुरको सूर्यविनायक नगरपालिका–४ स्थित दधिकोटमा श्रीमानले श्रीमतीलाई आइतबार साँझ पौने ७ बजेतिर एसिड प्रहार गरेका छन् ।

नाम नखुलेको केमिकल प्रहारबाट ६० वर्षीया पूजा गुभाजु घाइते भएकी महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए।

घाइतेको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ । उनको टाउको र ढाडको भाग जलेको छ ।

एसिड प्रहार गर्ने ६५ वर्षीय श्याम गुभाजुलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया