निक्षेपकर्ताको करीब छ करोड रुपियाँ ठगेर भागेका भरोसा नेपाल सहकारीका पदाधिकारी पक्राउ

निक्षेपकर्ताको करीब छ करोड रुपियाँ ठगेर भागेका भरोसा नेपाल सहकारीका पदाधिकारी पक्राउ


  • जन संचार
  • बुधबार, ११ फाल्गुन २०७८
  • 4.6K
    Shares

सहकारीको करोडौं रकम ठगी गरेर भागेका काठमाण्डौको एक सहकारीका दुईजना पदाधिकारी प्रहरीले पक्राउ गरेको छ।

प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धाान ब्यूरोको टोलीले काठमाडौं-३१ स्थित भरोसा नेपाल बहुउद्देश्ययी सहकारी स‌ंस्थाका अध्यक्ष काठमाडौं महानगरपालिका-३० का सुरज बस्नेत र उपाध्यक्ष  काठमाडौं महानगरपालिका-१६ का शिव पाण्डेलाई सहकारीको करोडौं रकम ठगी गरेको आरोपमा पक्राउ गरेको हो।

सहकारीका १५ जना निक्षेपकर्ताहरूको छ करोड २५ लाख रुपियाँ भन्दा बढी निक्षेप रकम हिनामिना गरी फरार भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

उनीहरु निक्षेपकर्ताहरूले निक्षेप रकम माग्दा सहकारीमा ताला लगाई भागेका बताइएको छ।   यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया