पोखराका प्रतिष्ठित ब्यबसायी सुर्यबहादुर केसी लगायत दुई जना स्वर्गीय ब्यबसायी बिरुद्ध अकुत सम्पत्ति आर्जन गरेको भन्दै बिशेष अदालातामा मुद्दा दर्ता भएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाल इञ्जिनियरिङ कलेजका तात्कालिन संचालक एबम पोखराका प्रतिष्ठित ब्यबसायी स्वर्गीय सुर्यबहादुर केसी तथा सोही कलेजका तात्कालिन प्रिन्सिपल स्वर्गीय दिपक भट्टराई लगायत सात जना बिरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। मुद्दा दर्ता गरिएका सातै जना नेपाल इञ्जिनियरिङ कलेजसंग सम्बद्ध रहेका छन।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले स्वर्गीय केसीले दुई करोड ३४ लाख र स्वर्गीय भट्टराइले ३६ लाख ५९ हजार रुपैयाँ गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोग लगाएको छ।
गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोग लागेका नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेले २ करोड ४४ लाख रुपैयाँ, कलेजका अर्का सञ्चालक हरिप्रसाद पाण्डेले दुई करोड ४३ लाख रामरत्न उपाध्याय र इन्दिरा उपाध्यायले एक करोड २५ लाख रुपैयाँ, उपेन्द्र गौतमले दुई करोड २९ लाख, लबराज भट्टराईले दुई करोेड ७९ लाख रुपियाँ गैर कानूनी आर्जन गरेको आरोप लगाएको छ।
विभागले मृत्यु भएका दुवैजनाको परिवारका सदस्यलाई प्रतिवादी बनाई सम्पत्ति जफतको माग दावी गरेको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा चलाएको घटना नेपाल इञ्जिनियरिङ कलेजसँग सम्बन्धित हो । कलेजको सम्पत्ति हिनामिना गरेर व्यक्तिगत लाभ लिएको आरोपमा लम्बोदर न्यौपाने विरुद्ध मुद्दा परेको थियो । न्यौपाने यसअघि ठगी मुद्दामा समेत मुछिइसकेका छन् । उनी विरुद्धको मुद्दा जिल्ला अदालत भक्तपुरमा विचाराधीन छ ।
न्यौपानेले दिएको घुस लिएको कारण नै अख्तियारका आयुक्त राजनारायण पाठकले राजीनामा दिनुपरेको थियो । इञ्जिनियरिङ कलेजभित्रको अनियमितता मिलाउने भन्दै पाठकले अर्का व्यक्तिमार्फत दुई पटकमा ७८ लाख रुपैयाँ घुस लिएको स्वीकारेको भिडियो सार्वजनिक भएको थियो ।
त्यो रकम कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपानेले दिएका थिए । न्यौपाले विरुद्ध विशेष अदालतमा समेत घुस खुवाएको आरोपको मुद्दा विचाराधीन छ ।