अष्ट्रेलियन अर्बपति एन्ड्रियु फरेस्टद्वारा फेसबुकविरुद्ध मुद्दा दर्ता

अष्ट्रेलियन अर्बपति एन्ड्रियु फरेस्टद्वारा फेसबुकविरुद्ध मुद्दा दर्ता


  • जन संचार
  • बिहिबार, २० माघ २०७८
  • 4.9K
    Shares

अष्ट्रेलियन अर्बपति एन्ड्रियु फरेस्ट

अष्ट्रेलियन अर्बपति एन्ड्रियु फरेस्टले सामाजिक संजाल फेसबुकविरुद्ध मुद्दा दर्ता गरेका छन्। अष्ट्रेलियन अर्बपति फरेस्टले आफ्नो तस्बिर प्रयोग गरी बनेको ठगी (स्काम)को विज्ञापन रोक्न कम्पनी असफल भएको भन्दै फेसबुकविरुद्ध अपराधिक मुद्दा दर्ता गरेका हुन्। अर्बपति फरेस्ट फलाम खानी कम्पनी फर्टस्क्यु मेटल्सका अध्यक्ष हुन्।

फेसबुकले अष्ट्रेलियाको कानुनविपरित रहेको क्रिप्टोकरेन्सीका फाइदा रहेको भन्दै हल्ला फैलाएको अर्बपति फरेस्टको तर्क छ। फेसबुकले आफ्नो तस्बिर प्रयोग गरि बनाएको ठगिको विज्ञापन पहिलो पटक सन् २०१९ को सुरुवातमा फेला परेको उनको भनाइ छ।
फेसबुकले संसारमा पहिलोपटक अपराधिक मुद्दा बेहोर्नुपरेको उनले बताएका छन्। यद्यपि, फेसबुक कम्पनीले भने सो मुद्दाबारे हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन। फेसबुकले त्यस्ता विज्ञापनहरुमाथि प्रतिबन्ध लगाउँदै आएको बताइन्छ।

प्रतिक्रिया