भारतमा पत्रकार राजीव शर्माको सम्पत्ति जफत

भारतमा पत्रकार राजीव शर्माको सम्पत्ति जफत


  • जन संचार
  • सोमबार, ३ माघ २०७८
  • 5.8K
    Shares

भारतको प्रवर्तन निर्देशनालयले पत्रकार राजीव शर्माको सम्पत्ति जफत गरेको छ । निर्देशनालयले चीनका लागि जासुसी गरेको र मुद्रा शुध्दिकरणसँग सम्बन्धित आरोपमा उनको ४८ लाख भारतीय रुपैयाँभन्दा बढीको सम्पत्ति जफत गरेको हो ।

उक्त सम्पत्ति शुध्दिकरण निवारण ऐनअन्तर्गत जफत भएको बताइएको छ । जफत गरिएको सम्पत्ति नयाँदिल्लीको पीतमपुरास्थित पत्रकार शर्माको नामको आवासीय सम्पत्ति हो ।

शर्माले पारिश्रमिकको बदलामा देशको सुरक्षा र राष्ट्रिय हितमा सम्झौता गर्दै चिनियाँ गुप्तचर अधिकारीहरूलाई गोप्य र संवेदनशील सूचनाहरू उपलब्ध गराएको भारतीय अधिकारीहरूले आरोप लगाएका छन् । साभार जनआस्था डट कम

प्रतिक्रिया