अमेरिकी दूतावासलाई लक्षित गरेर रकेट आक्रमण : दुई जना घाइते

अमेरिकी दूतावासलाई लक्षित गरेर रकेट आक्रमण : दुई जना घाइते


  • जन संचार
  • शुक्रबार, ३० पुष २०७८
  • 4.5K
    Shares

इराकको राजधानी बगदादमा रहेको अमेरिकी दूतावासलाई लक्षित गरेर बिहीबार रकेट आक्रमण गरिएको छ। उक्त रकेट आक्रमणमा एक महिला र एक युवती घाइते भएका छन् ।

इराक सुरक्षा बलहरूले अमेरिकाद्वारा ग्रीन जोन घोषित कूटनीतिक नियोग प्रशासनिक भवनहरू, र अमेरिकी दूतावास सहित अन्य दूतावासहरू रहेको क्षेत्रमा बगदादको दक्षिणी क्षेत्रबाट रकेटहरू प्रहार गरिएको जानकारी दिएका छन्।
अमेरिकी दूतावासलाई नियमित रूपमा इराक र सिरियामा आक्रमणको शृङ्खलामा मिसाइलहरूद्वारा निशाना बनाइएको छ जसमा इराकको ऐन अल-असद एयरबेस र सिरियाको ग्रीन भिलेज बेस नजिकै अप्रत्यक्ष रकेट आक्रमणहरू हुने गरेका छन्।

स्पुतनिक न्यूजले प्रकाशित गरेको समाचारमा अमेरिकी दूतावासले ट्विटरमा भनेको छ, “आज साँझ अमेरिकी दूतावास परिसरमा इराकको सुरक्षा, सार्वभौमसत्ता र अन्तरराष्ट्रिय सम्बन्धलाई कमजोर पार्ने प्रयास गर्ने आतंकवादी समूहले आक्रमण गरेको” भनिएको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सको कुलीन कुड्स फोर्सका कमाण्डर कासिम सुलेमानीको हत्याको दोस्रो वर्षगाँठ अघि र पछि हाल आक्रमणहरू तीव्र पारिएका छन् ।

प्रतिक्रिया