छिमेकी राष्ट्र भारतको पश्चिम बंगालको पूर्व मेदिनीपुर जिल्लामा रहेको इन्डियन आयल कर्पोरेशनको पेट्रोलियम पदार्थ मंगलबार दिउँसो ठूलो विस्फोट हुँदा तीन मजदुरको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन्। मंगलबार दिउँसो करिब ३ बजेको समयमा भएको बिष्फोटसंगै भीषण लागलागी भएको थियो ।
घाइते सबैलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । गम्भीर घाइते ३७ जनालाई थप उपचारका लागि कोलकातास्थित डेसन अस्पताल लगिएको छ । जसमध्ये पनि २० जनाको अवस्था अझ गम्भीर रहेको बताइएको छ । घाइतेलाई छिटोभन्दा छिटो अस्पताल र्पुयाउनका लागि ग्रीन कोरिडोर बनाइएको थियो । जलेर गम्भीर घाइते तीन जनाको भने मृत्यु भइसकेको छ ।
विष्फोट स्थललाई पूर्ण रुपमा खाली गराइएको छ । तर अहिलेसम्म उक्त विस्फोटको कारण भने खुल्न सकेको छैन । जानकारीका अनुसार उक्त तेल प्रशोधन केन्द्रमा मक ड्रिल आयोजना गरिएको थियो र त्यसपछि प्लान्टमा बन्दको काम भइरहेको थियो ।
दुर्घटनाप्रति दुःख व्यक्त गर्दै त्यहाँका मुख्यमन्त्री ममता बनर्जीले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् ।