ओमिक्रोन भेरियन्टबाट बेलायतमा सात जनाको मृत्यु

ओमिक्रोन भेरियन्टबाट बेलायतमा सात जनाको मृत्यु


  • जन संचार
  • आइतबार, ४ पुष २०७८
  • 2.6K
    Shares

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट बेलायतमा हालसम्म सात जनाको मृत्यु भएका छन् भने झण्डै २५ हजारमा ओमिक्रोन भेरियन्टको संक्रमण देखिएको छ।

बेलायतको स्वास्थ्य सुरक्षा निकायले ओमिक्रोन भेरियन्टबाट शनिबार मात्रै १० हजारभन्दा बढी संक्रमित थपिएसँगै हालसम्म संक्रमित संख्या २४ हजार ९६८ जना पुगेको जनाएको छ । संक्रमितमध्ये सात जनाको मृत्यु भएको जनाएको हो । त्यस्तै, अस्पताल भर्ना हुने ओमिक्रोन संक्रमितको संख्या ८५ पुगेको छ ।

पछिल्लो समय बेलायत ‌ओमिक्रोन र डेल्टा भेरियन्टको दोहोरो मारमा परेको छ । त्यहाँ कोभिड-१९ का दैनिक संक्रमितको संख्या लगातार बढिरहेको छ । शनिबार ९० हजार ४१८ जना नयाँ संक्रमित थपिएका छन् ।

निकै संक्रामक मानिएको ओमिक्रोन भेरियन्टले डेल्टालाई उछिन्दै इङल्याण्ड र स्कटल्याण्डमा प्रमुख भेरियन्टको रुपमा देखा परेको बीबीसीले जनाएको छ ।

पछिल्लो समय इरानमा समेत ओमिक्रोन भेरियन्टका एक संक्रमित फेला परेका छन् । योसँगै हालसम्म ९० मुलुकमा यो भेरियन्ट फैलिएको छ ।

प्रतिक्रिया