सहायता सामाग्री बोकेका मालीस्थित राष्ट्रसंघीय शान्ति मिसनका सवारी माथि आक्रमण, सात शान्ति सैनिकको मृत्यु

सहायता सामाग्री बोकेका मालीस्थित राष्ट्रसंघीय शान्ति मिसनका सवारी माथि आक्रमण, सात शान्ति सैनिकको मृत्यु


  • जन संचार
  • बिहिबार, २३ मंसिर २०७८
  • 4.1K
    Shares

सहायता सामग्री बोकेर हिडेका शान्ति सवारी साधनमाथि आक्रमण हुँदा मालीमा सात जना शान्ति सैनिक मारिएका छन् भने अन्य तीन जना घाइते भएका छन्।  सहायता सामग्री बोकेर डोजेन्टा नगरतर्फ गैरहेको संयुक्त राष्ट्रसंघीय मिसनका सवारी साधनमाथि बुधबार मालीको राजधानी बामाकोनजिकै आक्रमण भएको प्राप्त समाचारमा जनाइएको छ।

मालीस्थित संयुक्त राष्ट्रसंघीय सो शान्ति मिसनले दिएको जानकारी अनुसार, सो हमलामा परी सात जना शान्ति सैन्य मारिएका र अरु तीन जना गम्भीर रुपमा घाइते भएका यहाँको सो मिसनले विज्ञप्ति प्रकाशन गरी जानकारी दिएको छ ।

यसअघि पनि मालीको शान्ति मिसनलमा यसैगरी हमला हुने गरेको छ । जसमा परेर कैयौँ सैनिक मारिएका छन् । सो शान्ति मिसनमाथि भएको हमलाको संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले निन्दा गर्नुभएको छ । उहाँले शान्ति स्थापनाका लागि खटेका सैनिकमाथिको हमला निन्दनीय रहेको बताउनुभएको छ ।

प्रतिक्रिया