म्यान्मारको सैनिक सरकारद्वारा प्रजातन्त्रवादी नेतृ सुचीलाई चार वर्ष जेल सजाय

म्यान्मारको सैनिक सरकारद्वारा प्रजातन्त्रवादी नेतृ सुचीलाई चार वर्ष जेल सजाय


  • जन संचार
  • सोमबार, २० मंसिर २०७८
  • 5.3K
    Shares

आङ सान सुची

म्यान्मारको सैनिक सरकारले प्रजातन्त्रवादी नेतृ आङ सान सुचीलाई चार वर्ष जेल सजाय सुनाएको छ । प्राकृतिक प्रकोपसम्बन्धी कानुनअन्तर्गत कोरोना भाइरससम्बन्धी नियम तोडेको आरोपमा उनी दोषी पाइएको भन्दै नेत्री सूचीलाई चार वर्ष जेल सजाय सुनाएको हो । तर सुचीले भने सैनिक सरकारले निरन्तर रूपमा आफूमाथि लगाउदै आएको आरोप निराधार भन्दै अस्वीकार गर्दै एकी छिन् ।
गत फेब्रुअरीमा म्यानमार सेनाले कु गरी सत्ता हत्याउनुपूर्व सुचीले निर्वाचित नागरिक सरकारको नेतृत्व गरेकी थिइन् । सेनाले चुनावमा धाँधली भएको उल्लेख गर्दै सत्ता हत्ताएको थियो । चुनावमा सुचीको नेसनल डेमोक्रेटिक लिगले बहुमत ल्याएको थियो । त्यति बेलादेखि सुचीलाई घरमै नजरबन्द गरिएको छ ।
म्यानमारको सेनाले स्टेट काउन्सिलर र विदेश मन्त्रीसमेत रहेकी नेतृ सुची, राष्ट्रपति विन मिन्ट, एनएलडीका वरिष्ठ नेताहरु, सांसद र क्षेत्रीय मन्त्रिपरिषद्का सदस्यहरुलाई गिरफ्तार गर्दै शासनसत नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया