नियुक्त भएको १२ घण्टा नबित्दै स्वीडेनमा प्रधानमन्त्री एन्डरसनद्वारा राजीनामा

नियुक्त भएको १२ घण्टा नबित्दै स्वीडेनमा प्रधानमन्त्री एन्डरसनद्वारा राजीनामा


  • जन संचार
  • बिहिबार, ९ मंसिर २०७८
  • 3.4K
    Shares

मगडलेना एन्डरसन

स्वीडेनमा महिलालाई मतदान गर्ने अधिकार दिएको १०६ वर्षपछि बुधबार प्रधानमन्त्रीमा ५४ वर्षीय सोसल डेमोक्रयाट नेतृ एान्डरसन नियुक्त भएकी थिइन् । उनी नियुक्त भएपछि संसद्मा सांसद्हरूले खुसी मनाएका थिए । तर उनले आफु प्रधानमन्त्री भएको १२ घण्टा नबित्दै आफ्नो पदबाट राजिनामा दिएकी छिन।
उनले त्यसै राजिनामा दिएकी भने हैनन्। सरकारमा सहभागी दुई मुख्य पार्टी गठबन्धनबाट अलग भएको घोषणा गरेपछि एन्डरसनले राजीनामा दिएकी हुन् ।
बजेटको विषयमा मतभेद भएपछि गठबन्धनमध्येका दुई राजनीतिक दल सेन्टर पार्टी र ग्रीन्स पार्टी सरकारबाट बाहिरिने घोषणा गरेका थिए । त्यसपछि संसद्का ३४९ सांसद्मध्ये १७४ ले उनको विपक्षमा मत हालेका थिए।
गठबन्धन साझेदार ग्रीन्स पार्टीले आफूले उग्र दक्षिणपन्थीसँग पहिलोपटक मस्यौदा गरिएको बजेट अस्वीकार गरेको जनाएको छ । ‘सरकारको बजेटलाई हामीले समर्थन गर्न सक्दैनौं,’ सेन्टर पार्टीका नेता एन्नी लुफले भने ।
केही घन्टाका लागि भए पनि देशकै पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकी एन्डरसनले ‘गठबन्धमा विभाजन भएपछि पदबाट राजीनामा दिएको’ बताइन। राजीनमापछि आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो पार्टी सोसल डेमोक्रयाटिकले आगामी चुनावमा बहुमत ल्याउने र त्यसपछि आफू पुनः प्रधानमन्त्री हुने विश्वास व्यक्त गरेकी छिन् । स्वीडेनमा सन् २०२२ को सेप्टेम्बरमा निर्वाचन हुँदैछ ।

प्रतिक्रिया