हतियारसहितका भारतीय सेना चिनियाँ जनमुक्ति सेनाको कब्जामा

हतियारसहितका भारतीय सेना चिनियाँ जनमुक्ति सेनाको कब्जामा


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १ मंसिर २०७८
  • 7K
    Shares

सीमा क्षेत्रमा घुसपैठ गर्न खोजेको भन्दै चिनियाँ जनमुक्ति सेनाले हतियारसहितका एक भारतीय टुकडीलाई आफ्नो नियन्त्रणमा लिएको समाचार अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । तर भारतीय सेनाले भने यो रिपोर्ट अस्वीकार गरेको छ।

सीमा क्षेत्रमा भारतीय सैनिक टोलीले घुसपैठ गर्न खोजेपछि चिनियाँ सेनाले भारतीय सैनिकको एउटा टोलीलाई नै नियन्त्रणमा लिएको समाचारमा जनाइएको छ। चिनियाँ सेनाले आफ्नो नियन्त्रणमा भारतीय सुरक्षाकर्मीलाई केही समयपछि मुक्त गरेको जनाइएको छ

सार्वजनिक भएको समाचार अनुसार चिनियाँ सेनाले बुधबार लद्दाख क्षेत्रमा भारतीय सेनालाई नियन्त्रणमा लिएको हो । चीनको सेनाले भारतीय सेनाको हतियार समेत खोसेको समाचारमा जनाइएको छ । सीमा क्षेत्रमा भारतीय घुसपैठ बढेको चीनले दावी गरेको छ।

यो घटनाबारे भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले पत्रकारहरूको प्रश्नको जबाफ दिँदै भनेका छन्, “६ जुनमा वरिष्ठ कमाण्डरहरूबीच राम्रो कुराकानी भएको थियो र त्यसमा तनाव कम पार्ने प्रक्रियामा सहमति भएको थियो। त्यसपछि त्यहाँस्थित कमाण्डरहरूको बैठकका सिलसिलापनि चलेको थियो ताकि सो सहमतिलाई लागु गराउन सकियोस् **

भारतले भने सीमा क्षेत्रमा चिनियाँ घुसपैठ बढेको आ, रो, प लगाउने गरेको छ । चीनले भने सीमा क्षेत्रमा पछिल्लो समय भारतीय सेनाको उत्तेजक गतिविधि बढेको र एलएसीबाट घुसपैठ हुन थालेपछि सतर्कता बढाइएको टिप्पणी गरेको छ।

प्रतिक्रिया