निजी विमान चढ्न लागेको भिडियो आफ्नो सामाजिक सञ्जालमा शेयर गरेकी ब्राजिलकी युवा गायिका मारिलिया मेन्डोन्काको सोही विमान दुर्घटनामा निधन भएको छ । गोइयानिया सहरमा आयोजित आफ्नो एक साङ्गीतिक कार्यक्रममा सहभागी हुन मान चढेकी गायिका मारिलिया सवार बिमान दुर्घटनामा परेको थियो।
सो बिमान दुर्घटनामा उनीसंगै अन्य चार जनाको मृत्यु भएको छ । यसमा उनको अंकल, एक प्रोड्युसर र दुई चालक दलका सदस्य रहेको बताइएको छ । हालसम्म दुर्घटनाको कारण पत्ता लाग्न सकेको छैन ।
मात्र २६ वर्षकी उनी देशको सबैभन्दा चर्चित गायिकामध्ये एक थिइन् । द क्वीन अफ सफरिङ को नामले पनि चिनिनेमारिलिया ल्याटिन ग्रामी अवार्ड विजेता रहिसकेकी छन् ।
घटनाभन्दा ठीक अघि उनले आफ्नो सामाजिक सञ्जालमा एक भिडियो सेयर गरेकी थिइन् । उक्त भिडियोमा उनले निजी विमान चढ्न लागेको देख्न सकिन्छ । सोही भिडियो यतिबेला भाइरल बनेको छ ।