दावासँग गोप्य रहन चाहन्छिन्, नम्रता ?

दावासँग गोप्य रहन चाहन्छिन्, नम्रता ?


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ८ माघ २०७२
  • 13.7K
    Shares

प्रेमको बिषयमा नायिका नम्रता श्रेष्ठ सधै खुल्ला नै छिन् । रेमनदास श्रेष्ठसँगको प्रेम होस् या प्रेम घलेसँगको प्रेम नै किन नहोस्, नम्रताले खुलेरै मिडियासँग कुरा राखिन् । हुनत, यी सुन्दरीको प्रेम जीवन खुशी र विछोडमा रुमलिएको छ । रेमनसँग पनि प्रेममा गम्भिर देखिएकी नम्रता प्रेमसँग पनि यस्तै थिइन् । नम्रता निकट चलचित्रकर्मी भन्छन्-‘उनी जसलाई प्रेम गर्छिन्, त्यसमा बहुतै गम्भिर हुन्छिन् ।’

नम्रता अहिले नयाँ प्रेमीसँग प्रेममा छिन् । दावा शेर्पा नाम गरेका यूवकसँग नम्रता प्रेममा छिन् । नम्रता दावासँग अघिल्ला प्रेम जस्तै गम्भिर रहेको वुझिएको छ ।

तर, यतिबेला चलचित्र ‘क्लासिक’को प्रमोशनमा व्यस्त यी नायिकाले दावासँगको प्रेमको बिषयमा खुलेर बोल्न चाहिरहेकी छैनन् । हुनत, नायक आर्यन सिग्देल पनि नम्रतालाई खुबै केयर गर्छन् ।

सायद, नम्रता चलचित्र चल्ने बेलामा प्रेमको गसिपले चर्चा नहोस् भन्ने चाहन्छिन् । किनकी, पर्दामा दर्शकले आर्यन र नम्रतालाई हेर्न खोजेका छन् । यस्तो समयमा दावाको नाम अगाडि आउँदा चलचित्रलाई अप्ठ्यारो  पर्न सक्छ भन्ने उनको वुझाई हुनसक्छ ।

पत्रकारसँगको भेटघाटमा पनि नम्रताले प्रेमको प्रश्नको जवाफ दिन मानिन् । नम्रताको यो चलचित्रप्रतिको गम्भिरता हो या प्रेमको चर्चाबाट पर हट्ने कोशिश हो, यो उनले नै वुझ्ने कुरा हो ।

प्रतिक्रिया