नेपाल-भारत सीमाना नजिकको भारतीय बजार तिकुनिया क्षे’त्रमा चलेको किसान आ’न्दोलनका क्रममा झ’डप हुदा चार किसानसहित आठ जनाको मृ’त्यु भएको छ।
भारती’य स’ञ्चारमाध्यमका अनुसार भारत सरकारले धानको मूल्य सही नि’र्धारण नगरेकाले किसानहरु आ’न्दोलनमा थिए। सोही क्रममा भारतका केन्द्री’य गृ’ह राज्यमन्त्री अजय मिश्र टेनीका छोराले किसानमा’थि गा’डी चलाएको आ’रोप लागेको छ।
आइतबार केन्द्री’य गृ’ह राज्यमन्त्री अजय मिश्रको बानवीर गाउँमा धेरै यो’जनाहरुको शि’लान्यास गर्ने कार्यक्रम त’य भएको थियो। उपमुख्यमन्त्री केशव प्रसाद मौर्य प्र’मुख अति’थिका रुपमा उप’स्थित थिए। केशव मौर्यको हे’लिकप्टर अवत’रण गर्ने क्रममा बिहानदेखि किसानहरुले कालो झ’ण्डा बोकेर ध’र्ना सुरु गरेका थिए। सोही समयमा भाजपा कार्यकर्ताहरु पनि पुगेपछि झ’डप सुरु भएको थियो । केन्द्री’य गृ’ह राज्यमन्त्री अजय मिश्राका छोराले कारले च्या’पेर किसानको ह’त्या गरेको आ’रोप छ।