नेपाली संगीतिक बजारकी ‘से’क्रेट सुपरस्टार’ हुन लोक-दोहोरी गायिक बिष्णु माझी । उनी गुम’नामजस्तै छिन्- तर स्वरले बजार त’ताएको छ । माझीकाे तीज गीत ‘चरी जे’लैमा’ गीतले निकै तहल्का पि’ट्यो । युट्युबमा ‘चरी जे’लैमा’ ले छोटो समयमा विभिन्न रे’कर्ड बनाउन सफल भएको छ ।
तीज सकिएर पनि ‘चरी जे’लैमा’ को चर्चा सेला’उन नपाउँदै गायिका माझीको स्व’रमा नयाँ ‘दशैँ-तिहार’काे गीत सार्व’जनिक भएको छ ।
उनको स्वरमा सार्वजनिक ‘दशैँ-तिहार आइ’सक्यो’ बोलको गीत पनि दर्शक स्रो’ताको मन जित्न सफल भएको छ । सपना म्युजिक इन्ड’ष्ट्रिजको युट्युब च्यानलमार्फत बुधबार सार्व’जनिक गीतको भिडियो दुई दिनमा ११ लाख पटक हेरिएका छन् ।
‘यहीँको तापम घाम राजै, यहीँको तापम जुन
यहीँ जोतम्ला खेतबारी, यहीँ फलाम्ला सुन
आउ है गाउैमा….’
गीतले परदे’शिएका आफ्नो मान्छेलाई गाउँ डा’केको छ । बिष्णुको एकल स्वरमा रहेको गीतको शब्द र लय सिर्जना उनका श्रीमान् सुन्दरमणी अधिकारीले गरेका हुन् । ‘चरी जे’लैमा’ को झल्को दिन गीतको कोरसमा महिमा आचार्यले स्वर भरेकी छन् ।
शिव विकको कोरियोग्राफीमा तयार भिडियोमा प्रिया विष्टको अभिनय देख्न सकिन्छ । शम्भु चालिसेले छायंकन गरेका दृश्यको स’म्पादन सुजन शाहीले गरेका हुन् । बिष्णुले गाएको ‘चरी जे’लैमा’ ले छोटो अव’धीमा दुई करोड भ्युज पाएको छ ।
‘सालको पात टपरी’, ‘लालुमै’, ‘बोके’झार’, ‘छिपछिपे पानीमा लेउ’, लगायत उनले स्वर दिएका गीतले युट्युबमा क’रोड बढी भ्युअर्स बटुलेका छन् ।