चालू आ’र्थिक वर्षको पहिलो महिनामा विप्रे’षण आप्र’वाह (रेमि’ट्यान्स) घटे’को छ । नेपाल राष्ट्र बैंकले आज सार्व’जनिक गरेको चालू आवको विव’रण अनुसार गत साउन महिनामा विप्रे’षण आप्र’वाह १८.१ प्रतिशतले कमी आई रु ७५ अर्ब ९६ क’रोड कायम भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रे’षण आप्र’वाह २३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रे’षण आप्र’वाह १७.५ प्रतिशतले कमी आई ६३ करोड ८२ लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्र’वाह १४.५ प्रतिशतले बढेको थियो ।
सो अव’धिमा वैदे’शिक रोजगारीका लागि अन्तिम श्र’म स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधा’निकीक’रण) लिने नेपालीको सङ्ख्या उल्लेख्यरुपमा वृ’द्धि भई १३ हजार ८०० पुगेको छ । अघिल्लो वर्षको सोही अव’धिमा यस्तो सङ्ख्या ९९.२ प्रतिशतले घ’टेको थियो ।
त्यसैगरी वैदे’शिक रोज’गारीका लागि पुनःश्र’म स्वी’कृति लिने नेपालीको सङ्ख्या समी’क्षा अव’धिमा २८६.१ प्रतिशतले वृ’द्धि भई ११ हजार ६२८ पुगेको छ । अघिल्लो वर्षको सोही अव’धिमा यस्तो सङ्ख्या ८० प्रतिशतले घ’टेको थियो ।
सो अव’धिमा खुद ट्रान्सफर आय १६.४ प्रतिशतले कमी आई रु ८५ अर्ब २१ क’रोड कायम भएको छ । अघिल्लो वर्षको सोही अव’धिमा यस्तो ट्रा’न्सफर २० प्रतिशतले बढेको थियो ।