रा’ष्ट्रपतिको ह’त्या आ’रोपमा मु’छिएपछि हाइटीका प्र’धानमन्त्रीलाई देश छाड्न प्र’तिब’न्ध

रा’ष्ट्रपतिको ह’त्या आ’रोपमा मु’छिएपछि हाइटीका प्र’धानमन्त्रीलाई देश छाड्न प्र’तिब’न्ध


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३० भाद्र २०७८
  • 3.1K
    Shares

हैटीका प्रधानमन्त्री एरियल हेनरी र ह'त्या गरिएका रा'ष्ट्रपति मोइसे

हाइटीका प्रधानमन्त्री एरियल हेनरीलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ । राष्ट्रपति जोभेनेल मोइसेको हत्याको मामिलामा मुछिए पछि प्रधानमन्त्री हेनरीलाई देश छाड्न प्रतिबन्ध लगाइएको हो ।

राष्ट्रपति जोभेनेल मोइसेको हत्या गरेको आरोपमा त्यहाँको प्रहरीले ४४ जनालाई पक्राउ गरेको छ। अभियोजक पक्षले हेनरीमाथि आरोप लगाउनुपर्ने माग गरेको छ । साथै उनीहरुले हेनरीले मोइसेको हत्याका मुख्य संदिग्ध जोसेफ फेलिक्ससँगको सम्बन्धबारे पनि स्पष्ट पार्नुपर्ने माग गरेका छन् । अभियोजन पक्षका अनुसार रेकर्डले राष्ट्रपतिको हत्या भएको केही घण्टामा नै उनीहरुले एकअर्कालाई फोन गरेका थिए ।

राष्ट्रपति जोभेनेल मोइसेको गत जुलाई ७ मा आफ्नै घरमा आक्रमणकारीले छिरेर आक्रमण गरेका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएअनुसार राष्ट्रपतिको शरीरमा १२ गोली लागेको थियो । उनले टाउको, कन्चट, पेट र ढाडमा उक्त गोली लागेको पाइएको थियो । उनको हत्या भएसँगै अहिले हाइटीमा राजनीतिक संकट देखिएको छ । गत महिना हाइटीको दक्षिणी क्षेत्रमा आएको शक्तिशाली भूकम्पको कारण जनजीवन थप अस्तव्यस्त बनेको छ ।

एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया
सम्बन्धित समाचार