तनहुँमा मेसिनको फित्तामा बेरि’एर आज एक मजदुरको मृ’त्यु भएको छ। मृ’त्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका–९ का २१ वर्षीय केशव चौधरी रहेका छन् ।
शुक्लागण्डकी नगरपालिका–२ साँखरमा रहेको न्यू श्रेष्ठ ब्लक उद्योगमा कार्यरत चौधरी बिहान मेसिनको फित्तामा बेरि’एको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताउनुभयो ।
स्थानीयवासीले मेसिनको फित्तामा बेरि’एको फेला पारेपछि तनहुँ सेवा हस्पिटल दुलेगौँडामा उपचार गर्न ल्याएकोमा चिकित्सकले मृ’त घोषणा गरेको उनले जानकारी दिनुभयो । प्रहरी निरीक्षक खड्काका अनुसार मृ’तक चौधारी मेसिनमा एक्लै काम गर्दै आइरहेका थिए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस