नेपाली कांग्रेस जैमिनी नगरपालिका वडा नम्बर ७ को अन्तरक्रिया तथा वडा भेला सम्पन्न भएको छ । नेपाली काँग्रेसले पार्टिलाई वडा तहबाटै बलियो बनाउँने उद्देश्यले वडा भेलालाई निरन्तरता दिईएको हो । महाधिवेशन नाजिकिदै गर्दा नेपाली काँग्रेसले आफ्ना कार्यक्रमलाइ निरन्तरता दिएको छ ।
उक्त कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हरिहर शर्माले ‘पार्टीलाई एकिकृत रुपमा अगाडि बढाउनका लागि वडाभेलालाई तिब्रता दिएकोले सम्पुर्ण वडाका नेता तथा कार्यकर्ता एकजुट हुन आवश्यक रहेको बताउनु भयो । उहाँले पार्टीलाई केन्द्र देखि स्थानिय तहसम्म बलियो बनाउँनका लागि पार्टीका भातृ संगठनहरु एकजुट भएर लाग्नुपर्ने र अबको समाजलाइ आर्थिक रुपमा , सामाजिक रुपमा , नैतिक रुपमा दरिलो बनाउन कांग्रेस अग्रसर हुन आवश्यक रहेको बताउनु भयो” ।
। नेपाली कांग्रेस बाग्लुङका सह सचिब सीताराम रसाइलीले “आम कार्यकर्तामा भएको गुट उपगुटको आशंका छ त्यसलाई जरै देखि उखेल्नु पर्ने बताउँदै उहाँले पार्टिमा हुने अन्तर्घातको अन्त्य गर्न आवश्यक रहेको जिकिर गर्नुभयो” ।
वडा कार्यसमितिका सभापति बम बहादुर छेत्रीको अध्यक्षतामा सम्पन्न भेलामा प्रमुख अतिथि नेपाली काँग्रेसका नेता तथा जैमिनी नगरपालिकाका मेयर इन्द्रराज पौडेल रहनु भएको थियो । भेलालाई सम्बोधन गर्दै पौडेलले जैमिनीका जनतालाई दुखबाट मुक्त गराउन शिक्षा स्वास्थ्य, सडक निर्माण, कृषिमा पनि विकास गर्न नेपाली कांग्रेस सधैं अग्रसर रहेको बताउनुभयो । “२ तिहाइ भएको सरकार पनि बि.पी कै सिदान्तमा हिड्न बाध्य भयो , ‘देसमा निरासा बढ्दै गइरहेको छ,हामि र हाम्रो पार्टीले जनतालाई आशा जागेको छ । र हामि अझ ससक्त भएर बिकास निर्माणमा लाग्ने छौं “। वहाले भन्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा वडा नम्बर ७ का वडा अध्यक्ष जित बहादुर रानाले बिकास निर्माणमा हुने दलाल प्रवृतिलाइ अन्त्य गरि सबै वडामा रहेका कार्यकर्तालाइ बिकास निर्माणमा सहभागी हुन आग्रह गर्नुभयो । वडामा धेरै प्रकारका चुनौति छन् ,चुनौति र समस्या लाइ हल गरि नेपाली कांग्रेस नयाँ ढंग बाट अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।
इन्द्रराज पौडेको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा नेपाली काँग्रेस बाग्लुङका महाधिवेशन प्रतिनिधि उमाकान्त पौडेल , महाधिवेशन प्रतिनिधि हरिहर शर्मा , नेपाली काँग्रेस बाग्लुङका सह सचिब सीताराम रसाइली , छेत्रिय प्रतिनिधि कमल चालिसे ,अरुण पौडेल,राधादेबी शर्मा,तमसम राना , हरिकला शर्मा ,जमुना देबी शर्मा , हरिनारायण शर्मा ,मोहराज शर्मा, वडा सदस्य केन्द्र रसाइली लगायतको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्ताले आ:आफ्नो भनाइ राखेका थिए ।