रोयटर्स समाचार एजेन्सीका लागि काम गर्दै आएका भारतीय फोटो पत्रकार दानिश सिद्दीकी अफगानिस्तानमा मारिएका छन् ।
सरकारी सुरक्षा बल र तालिबान लडाकुबीचको संघर्षका क्रममा भारतीय फोटो पत्रकार सिद्दीकी मारिएका हुन् । रोयटर्स समाचार एजेन्सीले उनको मृत्यु भएको पुष्टि गरेको छ ।
एक अफगान कमाण्डरलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार अफगानिस्तानको विशेष सुरक्षा बलको एउटा टुकडीले स्पिन बोल्डक सहरलाई पुनः नियन्त्रणमा लिन प्रयास गरिरहेको समयमा तालिबान लडाकुसँग मुठभेड भएको थियो । सोही क्रममा फोटो पत्रकार दानिशका साथै एक अफगान अधिकारी पनि मारिएको जनाइएको छ ।
फोटो पत्रकार दानिश दुई दिनअघि यस्तै हमलामा जोगिएका थिए । सो घटनापछि उनले ट्वीट गर्दै आफू ‘भाग्यमानी’ रहेको बताएका थिए ।