हामी जता मन लायो त्यतै फोहोर फाल्ने गर्छौं। कहिलेकाहीं म्हानागरपालिकाका कर्मचारीले भेट्टाए जरिवाना गरेको खबर सुन्ने पनि गरेका छौं। तर रसियामा एउटा यस्तो ट्याक्सी ड्राइभर भेट्टिए, आफ्नो ट्याक्सीमा चढेका एक यात्रीलाई फोहोर फालेको झ्यालबाट फ़्याङ्किदिएका छन्।
वातावरण संरक्षणका लागि प्रतिबद्धता ती ट्याक्सी ड्राइभरले आफ्नो ट्याक्सीमा यात्रारत यात्रीले झ्यालबाट फोहोर फालेको देखेपछि ट्याक्सी रोकेर ती यात्रीलाई पनि त्यही झ्यालबाट फालिदिएका छन्। यो अनौठो दृश्य रेकर्ड उनले चलाएको ट्याक्सीको पछाडि गुडिरहेको कारको ड्याशबोर्ड क्यामराले खिचेको बताइएको छ।
त्यस भिडियो रेकर्डमा देखिए अनुसार , उनको ट्याक्सी सेन्ट पिटर्सबर्गमा जाँदै गर्दा ट्राफिक जाममा पर्यो। त्यही बेला आफ्नो ट्याक्सीको पछाडी सिटमा बसेका यात्री हेलैले एउटा बोतल झ्यालबाट फ्याँके।
आफ्नो ट्याक्सीको झ्यालबाट यात्रीले फोहोर फालेको देखेका ती ट्याक्सी ड्राइभरले आफ्नो त्याक्सी किनारा लगाएर रोके। त्यसपछि उनी आफ्नो ट्याक्सीबाट ओर्लिएर पछाडिको कारतिर हात हल्लाएर माफी माग्छन् ।
उनले सडक छेउबाट बोतल उठाउँछन् अनि यात्रुतर्फको ढोका खोल्छन् । त्यसपछि उनले यात्रुको घाँटी र पाइन्ट समातेर ट्याक्सीबाट बाहिर फ्याँकी दिएका छन ।