१० बच्चा जन्माएर विश्व कीर्तिमान कायम गरेको भनिएकी महिला प’क्राउ

१० बच्चा जन्माएर विश्व कीर्तिमान कायम गरेको भनिएकी महिला प’क्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १० असार २०७८
  • 7.6K
    Shares

गोसिआमे सिथोल

१० बच्चा जन्माएर विश्व कीर्तिमान कायम गरेको समाचार गलत प्रमाणित भएपछी ती महिला प’क्राउ परेकी छिन।

दक्षिण अफ्रिकाकी ३७ वर्षीया गोसिआमे सिथोलले १० बच्चा जन्माएर विश्व कीर्तिमान कायम गरेको भनेर बिबिसी लगायतका अन्तरराष्ट्रिय संचार   माध्यमहरुले समाचार प्रकाशन तथा प्रसारण गरेका थिए।  तर अहिले त्यो समाचार गलत मात्र हैन उनी गर्भवती समेत नभएको पु’ष्टि भएको बिबिसीले नै समाचार लेखेको छ।

बीबीसीका अनुसार बीबीसीसमेतले एकैपल्ट १० बच्चा जन्माएको भनेर रिपोर्टिङ गरिएकी महिला गोसिआमे सिथोल गर्भवती समेत नभएको आधि’कारिक अनु’सन्धानबाट खुलेको छ।

अहिले ३७ वर्षीया ती महिलालाई अनु’सन्धानको दायरामा आएको र मान’सिक स्वा’स्थ ऐन अन्तर्गत निय’न्त्रणमा लिइएको बीबीसीले जानकारी दिएको छ।

दक्षिण अफ्रिकी अनलाइन मिडिया इन्डिपेन्डेन्टको स्वामीत्वमा रहेको प्रीटोरिया न्युजले सबैभन्दा पहिले यो समाचार जुन ८ मा प्रकाशन गरेको थियो। जुन ७ मा स्टेब बुकु अकाडेमिक अस्पतालमा बच्चा जन्मिएको भनिएकोमा अस्पतालले समेत असत्य भनेको छ।

उक्त अस्पतालमा मात्रै होइन दक्षिण अफ्रिकी प्रान्त गाइटिङभरीका कुनै पनि अस्पतालमा एउटै आमाबाट १० बच्चा जन्मिएको पत्ता नलागेको बीबीसीले लेखेको छ। समाचार गलत भए पनि यसरी कुप्रचार गर्नुको कारण भने अहिलेसम्म खुलेको छैन ।

प्रतिक्रिया